प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, एक जना घाइते

२०८० कार्तिक २०, सोमबार ०८:०५ बजे

काठमाडौं  – अटो दुर्घटना हुँदा जुम्लामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा भे१ह ३१९७ नम्बरको अटो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उनले बताए।

दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन्। उनलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ।