प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दिवेश पोखरेल 'अर्थर गन' नेपाल आउँदै, नेपालका सात सहरमा कन्सर्ट गर्ने

२०७९ असार १७, शुक्रबार ०७:४४ बजे

काठमाडौं – प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल प्रथम नेपाली युवा दिवेश पोखरेल ‘अर्थर गन’ सांगितिक प्रस्तुतीका लागि नेपाल आउने भएका छन् । सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका उनी त्यसयता पहिलोपटक नेपाल आउन लागेका हुन् ।

उनले भदौमा मुलुकका सात सहरमा कन्सर्ट गर्न भएका छन् । कन्सर्ट काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने तय भएको आयोजक ब्रेनसर्भिसले जनाएको छ । आयोजकका अनुसार काँकडभिट्टा कन्सर्टबारे निर्णय हुन बाँकी रहेको छ ।अर्थरको नेपाल कन्सर्टको सबै जिम्मा ब्रेनसर्भिसले लिएको छ ।

अमेरिकन आइडलको १८ औं सिजनका उपविजेता रहेका दिवेश १९ औँ सिजनमा पनि टप सेभेन सम्म पुग्न सफल भएका थिए । कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै १८औँ सिजनका दश प्रतिस्प्रर्धीलाई अमेरिकन आइडल दोस्रो मौका दिएको थियो जसमा उनी टप सेभेनसम्म पुगेका थिए ।दर्शक र निर्णयाक दुवैबाट राम्रो प्रतिकृया पाएका दिवेशको ‘टेक मी होम कन्ट्री रोड’, रिमेम्बर मी लगायतका बोलका गीतको प्रस्तुती अत्याधिक चर्चित भएको थियो ।