हेटौंडा – गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ चटकपुरमा से २ प ५२ ८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जना मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका १ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको उक्त मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।