प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ज्यान मार्ने उद्योगमा संलग्न तीन जना पक्राउ

२०७९ माघ ४, बुधबार ०६:२९ बजे

हेटौंडा – ज्यान मार्ने उद्योग कसूरमा संलग्न रहेको अभियोगमा पर्साबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिराभवानी गाउँपालिका(१ महादेवपट्टी बस्ने ४५ वर्षीय हिरालाल मुखिया विन, २१ वर्षीय विनोद मुखिया विन र १९ वर्षीय ललन मुखिया विन रहेका छन् ।

प्रहरीका अनुसार जिराभवानी गाउँपालिका–१ महादेवपट्टी बस्ने ३२ वर्षीय कैलाश दास तत्वाले बाटो अवरोध गरेको भन्ने विषयलाई लिएर उनकै भाई प्रभु प्रमेश्वर दास तत्वा समेतलाई उनीहरूकै छिमेकीहरूले घरेलु हतियार तथा लाठी भाटाले निर्घात कुटपिट गरेर गम्भीर घाईते बनाएका थिए ।

गम्भीर घाईते बनाएर फरार रहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।