प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चुनाव नलड्ने पूर्वमुख्यमन्त्री डोरमणी पौडेल घोषणा

२०७९ भाद्र १०, शुक्रबार ११:०६ बजे

हेटौँडा – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफु कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । विभिन्न सञ्चारमाध्यमा पौडेलको उम्मेद्वारीको बिषयमा चर्चापरिचर्चा भईरहदा उनले मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

पौडेलले आफ्नो फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँअनुहार खोजेको यथार्थलाई हामीले अनदेखावानजर अन्दाज गर्न नमिल्ने बताए । 

‘आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने प्रतिहार्दिक कृतज्ञता व्यक्तगर्दै उनले आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहँनाअनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्वहाँक्नतयार र सक्षमभएर बसेकाछन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उमेद्वारहरुलाई विजयी गराउने हुनेछ ।’ फेसबुकमा लेखेका छन् ।