हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीमा बुधबार साँझ कन्टेनरले पैदलयात्रीलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३४५१ नम्बरको कन्टेनरले ५१ बर्षीय बिष्णु गोदारलाई ठक्कर दिएको हो ।
कन्टेनरको ठक्करबाट गोदार दायां खुट्टामा चोट लागेको छ । उनको उपचारको लागि भरतपुर पठाईएको मकवानपुर प्रहरीले जनाएको छ । कन्टेनर र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।