प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार

२०८० माघ १६, मंगलबार १८:४७ बजे

काठमाडौं – ठगी आरोपमा पक्राउ परेका एक युवाले डेढ वर्षमै १ अर्ब ४९ करोड भन्दा बढीको कारोबार गरेको पाइएको छ।

सप्तरीको राजविराज नगरपालिका–१० डुम्रीका २६ वर्षीय डम्बर साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

अनलाइन ठगीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनले विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए। साहले आफैंले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए।

उनीविरुद्ध ३४ जनाले प्रहरीमा उजुरी दिएका छन्। साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।