प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कारको ठक्करबाट मोटरसाइकल चालक सापकोटाको मृत्यु

२०८० पौष २७, शुक्रबार १४:०२ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटा रहेका छन् ।

बिहीबार बेलुका साढे ८ बजे बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।