प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२०७९ फाल्गुन ३०, मंगलबार ०६:४५ बजे

हेटौंडा – छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

सोमबार दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को को। २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । संखुवासभा मादि नगरपालिका–९ का ३० बर्षीय गुणन बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको दुहबी नगरपालिका–८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदलयात्रीको मृत्यु भएको छ । सर्लाही मलङग्वा–७ घर भएका पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महराको मृत्यु भएको हो ।

त्यसैगरी ईटहरी उप–महानगरपालिका–२० कोशी लोकमार्गस्थितमा ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक खोटाङ केपिलासगढि गाउँपालिका–७ का २९ बर्षीय निशान राई र मोटरसाईकल पछाडि सवार धरान–१५ कि २४ बर्षीया जेनिशा राई घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि धरान घोपा लगिएकोमा जेनिसा राईको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिगात्मक तस्वीर