प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रपति पौडेल आज गृहजिल्लामा

२०८० पौष २०, शुक्रबार १२:२६ बजे

दमौली – राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए ।