प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

सुनचाँदीका गरगहना सहित तीन जना पक्राउ

२०७९ कार्तिक २९, मंगलबार १३:१२ बजे

हेटौंडा – प्रहरीले सुनचाँदीका गरगहना सहित मोरङबाट तीन जना पक्राउ परेका छन् । रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुनको गरगहना सहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भारत अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, भारत अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् ।

उनिहरुको साथबाट न्याक्लेस १ थान, नथिया १ थान, र चाँदीको बाला १ जोर, औंठी १ जोर, पाँउजु १ जोर, सिक्री १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गरगहना सुन १ तोला ४ आना ४ लाल र चाँदी ३१ तोला रहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।