प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

२०८० चैत्र २६, सोमबार १८:३९ बजे

काठमाडौँ – गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो ।

दुवैले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ ।

नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए ।