प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अर्यालले गरे कोठाभित्रै आत्मदाह

२०७९ चैत्र २१, मंगलबार १३:५७ बजे

काठमाडौं – पोखरामा एक व्यक्तिले घरको कोठाभित्रै आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका–१७ समृद्धि मार्ग निवासी ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले तीन तले भवनको दोस्रो फ्ल्याटको कोठा भित्र आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

स्याङ्जा अर्जुन चौपारी १ स्थायी घर भएका अर्यालले मंगलबार दिउँसो करिब ३ बजे शरीरमा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शरीर जलेको अवस्थामा अर्यालको शव भेटिएको थियो ।

अर्यालको कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धारको प्रयास गरेको भए पनि उनको मृत्यु भइसकेको थियो ।

घटनाको प्रकृति हेर्दा घरमा कोही नभएको अवस्थामा भित्रबाट चुकुल लगाएर आगो लगाएको देखिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।