काठमाडौं – नेपालले साफ महिला यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। डबल राउन्ड रोबिनको लिग आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपाल अङ्क तालिकाको शीर्षस्थानमा रहेर विजेता बनेको हो।
८८ औँ मिनेटमा बङ्गलादेशले पाएको पेनाल्टीमा गोल गर्न सकेन। कप्तानसमेत रहेकी नेपालकी गोलरक्षकले बल रोकेकी थिइन्। नेपालले चार खेलबाट १० अङ्क जोड्यो । ४ खेलबाट ७ अङ्क भएको बङ्गलादेश प्रतियोगिताको उपविजेता बन्यो।
अन्तिम खेलमा नेपाललाई हराएको अवस्थामा बङ्गलादेश विजेता हुने अवस्था थियो। खेलमा सुरुवाती अग्रता नेपालले लिएको थियो। १४ औँ मिनेटमा नेपालकी सुशीला केसीले गोल गरेकी थिइन्। तर दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले खेल बराबरीमा ल्याएको थियो।
तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिग आधारमा सञ्चालन भएको हो।