काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक श्रृंखलामा युएईले दिएको लक्ष्य पछ्याईरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल भएका छन् । पौडेल १६ रनमा आउट भएका हुन् ।
नेपालको पहिलो विटकको रुपमा ओपनर असिफ शेख शुन्य रनमा आउँद हुँदा दोस्रो नम्बरमा आएका कुशल मल्ल चार रनमा पेवेलियन हुन पुगेका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।