प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०७९ फाल्गुन २१, आईतबार ०४:५६ बजे

हेटौंडा – धुनुषा र धादिङमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ मा गएराती ज १ त ५२४५ नम्बरको ट्याक्टरको टेलर र ज १० प ६४२९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडी रहेका छन् ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा शनिबार प्रदेश २–०२–००६ प २६५१ को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार शहिदनगर नगरपालिका ९ कि ४५ वर्षिया कुमारी देवी मण्डल रहेकी छिन् ।

त्यस्तै धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा गएराती सवारी साधनको ठक्करबाट पैदलयात्री पुरूषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाईते भएका अन्दाजी ५१ बर्षीय पुरुषको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम थर वतन खुल्न बाँकी रहेको छ ।