प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक जनाको मृत्यु

२०८० भाद्र १८, सोमबार ०७:०४ बजे

काठमाडौँ – वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । सर्जिकल भवनबाट आइतबार बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुनेमा अन्दाजी ४० बर्षीय पुरुष रहेको वीर अस्पताल अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए । उनका अनुसार उनी आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हो म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । अस्पतालभित्र प्रवेश गरेको केही समयपछि माथि गएर हाम फालेको उनले बताए ।

उनले हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको बताए । उनको सनाखत भएको छैन । उनको शव अस्पतामै रहेको छ ।