हेटौंडा – काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–२, ठकुरी गाउँमा एक पुरुष मृत भेटिएका छन् । बारा घर बताउने अन्दाजी ४४ वर्षीय रेशम रूम्बा तामाङ आफु सुतेको कोठामा ओछ्यानमै मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार तामाङ स्थानीय जगदिश अग्रवालको घरको कम्पाउन्डभित्र रहेको जस्ताको टहराभित्र विगत १५ महिनादेखि बस्दै आएका थिए । उनी सोही एरियामा ज्यामी काम गरी बस्थे । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।