हेटौंडा – रुपन्देहीको शुद्धोधन गाउँपालिका २ हिरापुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै बुटवल १६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी रहेका छन् ।
रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु २० प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मरासिनीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।