काठमाडौं – ट्याक्टर दुर्घटना हुँदा कैलालीमा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक चुरे गाउँपालिका–३ का ३८ वर्षीय दानबहादुर सिजाली रहेको प्रहरीले जानकारी दिएको छ।
जिल्लाको चुरे गाउँपालिका६ को बयला–डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।