काठमाडौं – आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा देव खनालले नेपालीको कप्तानी गर्नेछन्। यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ुडीु मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँगै खेल्नेछ। यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँगै खेल हुनेछ। त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ।
त्यसअघि नेपाली टिम अभ्यासको लागि दक्षिण अफ्रिकी पुग्नेछ।
नेपाली टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द