प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

ट्रकले लियो १७ महिने नाबालकको ज्यान

२०७९ आश्विन ७, शुक्रबार १४:५५ बजे

हेटौंडा – ट्रकको ठक्करबाट १७ महिनाका नाबालकको ज्यान गएको छ । भक्तपुरको मनोहरा फाँटमा शुक्रबार बिहान बा ५ ख ७८१७ नम्बरको ट्रकको ठक्करबाट सिन्धुपाल्चोक घर भइ मनोहरा फाँट बस्ने केशव लाल श्रेष्ठका १७ महिनाका छोरा सलिनको ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । सडक छेउमा खेल्दै गरेका उनलाई शुक्रबार बिहान पौने ९ बजे पानी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक सहित चालकलाई प्रहरी बृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।