काठमाडौं – सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो.तफेजुल रहेको स्थानीयले बताएका छन् ।
स्थानीयहरुका अनुसार रातिमा कुटपिट भएको उनको हत्या गरिएको हुन सक्ने अनुमान छ । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।
प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिहेको छ ।