प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

२०८० जेठ १०, बुधबार १३:२१ बजे

हेटौंडा – उदयपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका– ६ सालबोटे बस्ने २३ वर्षीय पुर्ण बहादुर मगर रहेका छन् ।

मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले मगरलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।