प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

६६० सङ्क्रमित थपिए, एकको मृत्यु

२०७९ श्रावण २१, शनिबार ११:४२ बजे

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । चार हजार ६८२ कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी कुल ६६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ भने ४४४ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६४१ रहेको छ ।