वीरगञ्ज– वीरगन्जमा ईरिक्सा दुर्घटना हुँदा १८ महिने बालकको मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित नगरसभागृह नजिकै मंगलबार दिउँसो ना१ह ३७४० नम्बरको ईरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा आदर्शनगरकै राजीव कुमार मालीका १८ महिने छोरा ऋषभ मालीको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ऋषभको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। रिक्सा चालक ३५ वर्षीय रामसुन्दर दासलाई नियन्त्रणमा लिएर थप अनुसान्धान अगाडि बढाइएको गिरीले जानकारी दिए।