प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

२०८१ आश्विन ६, आईतबार २०:४८ बजे

काठमाडौं – विश्वकप लिग–२ मा क्यानडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।


नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।

नेपालले पछिल्लो खेल ओमानबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । 

लिग- २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।