काठमाडौं – नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन जाने भएका छन् । उनीहरु मध्यान्ह १२ बजेको फ्लाइटमार्फत चीन प्रस्थान गर्ने छन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो भने सागर भिषा समस्याका कारण सागर टिमसँग चीन जान पाएका थिएनन् ।
सन्दीपले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर नेपाल क्रिकेत संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।
एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ ।