काठमाडौं – सोमबार देशभर ६ सय ५८ जना कोभिड–१९ का संक्रमित भेटिएका छन्। ६ हजार ६४३ जनामा गरिएको परीक्षणमा ६ सय ५८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ। यस्तै ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २९६ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमित मध्ये १ जना भेन्टिलेटरमा, ५० जना आइसियूमा, १६२ जना संस्थागत आइसोलेशन र ४ हजार १३४ जना होम आइसोलेशनमा रहेका छन्।