हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १ खाखलडाका तारा रुम्बा (२५) भिरबाट लडेर गम्भीर घाइते भएकी छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्राप्त जानकारी अनुसार, तारा रुम्बा आफ्नै घरबाट करिब २०० मिटर पूर्वतर्फ रहेको जंगलमा घाँस काट्ने क्रममा अचानक २०/२५ फिट तल भिरबाट लडिन्। घटनाका कारण उनको टाउकोमा गहिरो चोट लागेको छ।
घटनापछि उनलाई तुरुन्तै स्थानीयहरूले उद्धार गरी ऐले बिहान ११स्०० बजे हेटौंडा अस्पतालमा गम्भीर अवस्थामा उपचारका लागि पुर्याइएको हो। अस्पताल स्रोतले उनको स्वास्थ्य अवस्था नाजुक रहेको र विशेष उपचारको तयारी भइरहेको जानकारी दिएको छ।