प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

आशंका गरिएको व्यक्तिमा कुष्ठरोग, नेपालमा मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि छैन: स्वास्थ्य मन्त्रालय

२०७९ असार ३, शुक्रबार १२:१३ बजे

काठमाडौं – मंकीपक्सको शंका गरिएका व्यक्तिमा परीक्षणपछि कुष्ठरोग भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ ठाउँमा स्लिट स्किन स्मियर परीक्षण गर्दा आँखा र कानको ६ वटा नमुनामा कुष्ठरोग भेटिएको जनाएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भएको परीक्षणमा उनमा कुष्ठरोग भएको पुष्टि भएको हो । कुष्ठरोग पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेका छन्।

असार २ गते एक पुरुषलाई विशेष परामर्शका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र पठाएको थियो। सुरुमा उनमा मंकिपक्सम भाइरसको शंका गरिएको थियो।

हालसम्म २९ वटा देशमा मंकिपक्स देखापरेको र १ हजारभन्दा बढी संक्रमित भइसकेको स्वस्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म मंकिपक्सका कुनै पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले सबैलाई सचेत रहन भने आग्रह गरेको छ ।

helth