प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तिलागुफा–४ मा नेमकिपाका उम्मेदवार विजयी

२०८१ मंसिर १६, आईतबार २०:४६ बजे

काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन्।

१४३ मत प्राप्त गर्दै शाही विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले ११५ मत पाइन्।

एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले समान १५ मत ल्याएका छन्।