प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

२०७९ मंसिर ७, बुधबार ०२:०४ बजे

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी १४ हजार ४५८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् । त्यस्तै रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।

राजेन्द्र यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।