प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आमाको हत्या गरेको आरोपमा छोरी प

२०८१ बैशाख १६, आईतबार १९:२६ बजे

सुर्खेत – जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ। पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन्।

शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई माइतीघर आएकी २५ वर्षीया हाँसु ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार छोरीले मुसलले आमाको टाउकोमा प्रहार गरेर हत्या गरेकी हुन्। छोरीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ।