प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

देशभर मनसुनी वायुको प्रभाव, सतर्कता अपनाउन आग्रह

२०७९ असार २३, बिहीबार ०२:५२ बजे

काठमाडौं – आज देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू–भागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

विभागले वर्षासँगै पहाडी भूभागमा भू–क्षय, गेग्रान र खहरे खोलाको बहाव बढ्ने जोखिम रहेकोले दैनिक जनजीवन तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।