प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एक प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार

२०८० कार्तिक १३, सोमबार १९:४८ बजे

बारा – बाराको कलैयामा अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ ।

अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।