प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रवि लामिछानेविरुद्ध कास्कीमा म्याद थप, रुपन्देहीमा पक्राउ पूर्जी जारी

२०८१ कार्तिक ८, बिहीबार १९:५५ बजे

काठमाडौँ – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको छ । कास्की जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएकै दिन रुपन्देही जिल्ला अदालतले पनि  लामिछानेलाई पक्राउको अनुमति दिएको हो ।

जिल्ला अदालत रुपन्देहीले बिहीवार लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए। उनले ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको जानकारी दिए। यो अनुमतिसँगै अब लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ।

उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।