प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

२०८० भाद्र २१, बिहीबार ०२:५५ बजे

काठमाडौं – कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परिवर्तित समय तालिका अनुसार असोज ९ र १० गते ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको थियो ।

बोर्डले आज सूचना जारी गरी परीक्षा तालिका संशोधन गरिएको जानकारी दिएको हो । असोज ९ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषय र दुई विषयमा परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बरको विषयको परीक्षा हुनेछ ।

तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डको सूचनामा उल्लेख छ । यसैगरी दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा असोज १० गते हुनेछ ।