प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

हाइस र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

२०७९ मंसिर २७, मंगलबार ०४:४९ बजे

हेटौंडा – काठमाडौं महानगरपालिका १४ कुलेश्वरमा हाइस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाईकल चालक काठमाडौं नार्गाजुन ४ बस्ने २२ वर्षिय रविन लामा र पछाडी सवार २१ वर्षिय सुशिल बम्जन घाईते भएका थिए । घाईते दुबैको बयोधा अस्पताल बल्खुमा उपचार भैरहेकोमा रबिनको मुत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ पौने ६ बजे बा २ ख ३२२३ नम्बरको हाईस र बा ९१ प ७४८० नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाएको हो । हाईस र चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।