प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

साफ यू–२० महिला च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा

२०७९ माघ ९, सोमबार १३:२३ बजे

काठमाडौं – फेब्रुअरी ३ गतेदेखि ९ गतेसम्म बंगलादेशको ढाकामा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रिती राईको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो ।


मुख्य प्रशिक्षक यम गुरुङले प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेका हुन् । गोलकिपरमा कविता विक, सावित्री किशन र लिला जोशी छनोट भएका छन् ।

त्यस्तै डिफेन्डरमा सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ रहेका छन् ।

मिडफिल्डरमा तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल र दीपा शाही छन् । नेपाली टोलीको अग्रपङ्ती गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्दले सम्हाल्ने छन् ।


प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ । यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।