प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मनहरी अध्यक्ष कपको उपाधी वडा नम्बर ७ ले जित्यो

२०८० पौष ६, शुक्रबार २०:१४ बजे

मकवानपुर – मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी वडा नम्बर ७ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा २ नम्बर वडालाई १–० गोल अन्तरले हराउँदै वडा नम्बर ७ ले उपाधी जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनलमा वडा नम्बर ७ लाई उपाधी जिताउनका लागि मनिष पौडेल नायक बने । उनले खेलको ५४ औं मिनेटमा पौडेलले निर्णायक गोल गरे । फाइनल खेलको वडा नम्बर २ का म्यान अफ द म्याच अशोक मोक्तान घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

बिजेता वडा नम्बर ७ ले नगद एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता वडा नम्बर २ ले ५० हजारमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर २ का अशोक मोक्ताननै घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

विधागत तर्फ बिजेता टोली वडा नम्बर ७ का खेलाडीहरुको बर्चस्व रह्यो । उत्कृष्ट गोलरक्षकमा आशिष राउत, डिफेन्डरमा सुदिप सापकोटा, मिडफिल्डरमा कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षकमा सागर स्याङ्तान घोषित भए । विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मानित भए ।

प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी, वडा अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनहरी गाउँपालिकाको सबै वडाको सहभागिता रहेको थियो ।