प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरूवा बन्दुकसहित तामाङ पक्राउ

२०७९ चैत्र ८, बुधबार ०३:४६ बजे

हेटौंडा – प्रहरीले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका–२ गोकर्ण बस्ने ३८ वर्षीय सन्त बहादुर तामाङलाई एक थान भरूवा बन्दुकसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।