प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु

२०७९ असार २, बिहीबार ०७:३२ बजे

हेटौंडा – रुवाखोलाको पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट आज बिहान मिनी ट्रिपर खस्दा चालक तनहुँकै म्याग्दे गाउँपालिका ६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको भरतपुर स्थित मेडिकल कलेज भरतपुरमा बिहान सवा ६ बजे मृत्यु भएको हो । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको थियो ।