प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लोक सेवा सदस्यमा खड्का नियुक्त

२०८१ मंसिर १३, बिहीबार १८:५० बजे


मकवानपुर – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहदुर खड्का नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले खड्कालाई विहीबार सदस्यमा नियुक्त गरेका हुन् । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।

तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुने गरी २ कात्तिकमा राजिनामा दिएपछि यो पद रिक्त थियो ।

बागमती प्रदेश दोलखा जिल्लाका गौरिशंकर गाउपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुत्तिको लागी २ मंसिर २०८१ को मन्त्रिपरिषदको बैठकको प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो ।

५ मंसिरमा प्राप्त सिफारिस अनुसार उनलाई प्रदेश प्रमुख देवकोटाले सदस्य पदमा नियुक्त गरेका हुन् । उनको सपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।