हेटौंडा – वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजनै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको सचेतक कुन्दराज काफ्लेले जानकारी दिए । कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा मन्त्री हुने भएका छन् । नवनियुक्त मन्त्रीहरूको साढे ६ बजे शपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।