काभ्रेपलान्चोक – काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–१ सानो बाङ्थली क्षेत्रमा विद्युतका तार भुई नै छुने गरी लत्रिएका छ भने काठे पोलहरु जिर्ण बन्दै गएको छ ।
त्यहि जिर्ण पोलमा लत्रिएको तारले करेन्ट लागेर स्थानीय धन बहादुर घिसिङले ज्यान गुमाए । मान्छेसंगै चराउनको लागि पठाएको पशुचौपायाको समेत मृत्यु करेन्ट लागेर मरे ।
अव्यवस्थित विद्युत लाइन विस्तारको कारण मान्छेदेखि पशुचौपायासम्मको ज्यान जादा स्थानीय सरकार र सामदायिक विद्युत वितरण केन्द्रले कुनै चासो देखाएका छैन ।
विद्युत विस्तारलाई व्यवस्थित गर्न चौरीदेउराली गाउँपालिकका अध्यक्ष रेणुका चौलागाईं, बाङ्थली वडा नं.१ का अध्यक्ष शुनिल लामा र सामुदायिक विद्युतका अध्यक्ष कान्छा लामालाई ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको बाङ्थलीका स्थानीय बताउँछन् ।
गाउँमा हिड्डुल, घाँसदाउँरा, पानी पधेरो गर्दा जिर्ण पोल डल्ने र तार झरेर ज्यान जाने हो कि भनेर डरैडर जोखिमपुर्ण दैनिक बिताउँन बाध्य भएको स्थानीय माइला लामाले बताए । ‘सामुदायिक विद्युतको लापरवाहीका कारण कहाँ कतिबेला कसको ज्यान जाने हो, थाहा छैन ।’ लामा दुखेसो गर्छन् ।
सामुदायिक विद्युतका अध्यक्ष लामा शहरमै बस्ने र गाउँका समस्याप्रति उदासिनता देखाएको स्थानीयको आरोप छ । २०६७ सालदेखि सामुदायिक विद्युत सञ्चालनमा आए पनि राम्रोसँग बत्ती बाल्न नपाएको, उल्टै ज्यानलाई जोखिम मात्रै भएको स्थानीयहरुले गुनासो पोखे ।
समस्याबारे जानकारी गराउँदा अध्यक्षले बजेट अभाव, कार्यालय सञ्चालन गर्दा लाखौँ ऋण लागेको लगायत समस्या देखाउँदै पन्छिने गरेको स्थानीयको भनाई छ ।क्षितिज सर्गम (रिकेश)