हेटौंडा – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका–६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।