काठमाडौं – जङ्गली हात्तीको आक्रमणमा परेर झापाको हल्दिबारीमा एक जनाको ज्यान गएको छ । हल्दिबारी गाउँपालिका –३ का ६५ वर्षीय वृद्ध वाङदी गुरुङको हात्तीको आक्रमणमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।
उनका अनुसार बिहीबार बिहान ९ बजेको समयमा हल्दिबारी–३ स्थित रणकाली सामुदायिक जङ्गलमा घाँस काटेर फर्कने क्रममा गुरुङमाथि हात्तीको हुलले आक्रमण गरेको थियो । एक दर्जनको सङ्ख्यामा आएका हात्तीले लखेटेर लछारपछार गरी कुल्चिएपछि वृद्धको घटनास्थलमै मृत्यु भएको उनले बताए ।