हेटौंडा – बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ पथलैया वीरगञ्ज सडकखण्डमा स्कुटर ट्याक्टरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक डडेलधुरा घर भइ हाल जितपुरसिमरास्थित ईच्छा होटलमा काम गर्ने ५५ वर्षीय ज्ञानेन्द्र ऐर रहेका छन्।
गम्भिर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मत्यु भएको प्रहरीले जनाएको छ । गएराती प्रदेश २-०३-००२ प।९९ ९९ नम्बरको स्कुटर ना ३ त ७१९२ नम्बरको ट्याक्टरमा ठोकिदा दर्घटना भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।