प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तामाङ पक्राउ

२०८० कार्तिक २४, शुक्रबार २०:३६ बजे

काठमाडौं – कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौंको मनमैजु बस्ने मोरङको पथरी शनिश्चरे नगरपालिका–७ का ३३ वर्षीय भीमबहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

तामाङले एक महिलालाई वैदेशिक रोजगारका लागि कतार पठाई पार्लरमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए। पटकपटक गरी एक लाख ८६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको जनाइएको छ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।